×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ, लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सक्ने !

GLOBAL IME BANK
SHREE KESH

खुल्यो बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ, लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सक्ने !

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज बुधबारदेखि बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्रीमा आएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरमा सो सेयर बिक्रीमा ल्याएको हो । ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: