×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा तयार गर्नुहोस् है ! चैत १६ गतेदेखि बलेफी हाइड्रोपावर लिमिटेडको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ खुल्दै

PRIME CA

पैसा तयार गर्नुहोस् है ! चैत १६ गतेदेखि बलेफी हाइड्रोपावर लिमिटेडको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ खुल्दै

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लगानीकर्ताहरुले चैत १६ गतेदेखि बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन सक्ने भएका छन् । चैत १६ गतेदेखि सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरमा सो सेयर बिक्रीमा ल्याउन लागेको हो । ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: