×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारदेखि बलेफी हाइड्रोपावरले १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गर्ने, न्यूनतम १० कित्तादेखि भर्न सकिने !

PRIME CA

बुधबारदेखि बलेफी हाइड्रोपावरले १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गर्ने, न्यूनतम १० कित्तादेखि भर्न सकिने !

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चैत १६ गते (बुधबार) देखि बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्रीमा आउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरमा सो सेयर बिक्रीमा ल्याउन लागेको हो । ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: