×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकको निक्षेप २ अर्बले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

PRIME CA
GLOBAL IME BANK

वाणिज्य बैंकको निक्षेप २ अर्बले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप थपिएको छ । चालु आर्थिक वर्षको चैत्र महिनाको दोस्रो साताभित्र वाणिज्य बैंकहरुमा २ अर्ब निक्षेप थपिएको हो । यता यस अवधिमा बैंकहरुले एक अर्ब कर्जा प्रवाह गरेको छ ।
चैत्र महिनाको पहिलो सातामा भने बैंकहरुको निक्षेप तथा कर्जा दुवै घटेको थियो । चालु आर्थिक वर्षको चैत्र महिनाको दोस्रो सातासम्म बैंकहरुले ४३ खर्ब ३० अर्ब निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब ७० अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।
नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको निक्षेप घट्नुका साथै कर्जा प्रवाहमासमेत असर परेको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात ९० भन्दामाथि भएको कारण नयाँ निक्षेप लिँदा पनि कर्जा दिने अवस्था नभएपछि कर्जा प्रवाह कम भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को दोस्रो महिनादेखि सुरु भएको तरलता अभावका कारण लगानी योग्य रकमको अभाव देखिन थालेको हो । सरकारले पूँजीगत खर्च गर्न नसकेपछि तरलता समस्या झन जटिल बन्दै गएको छ । राष्ट्र बैंकले ८५ प्रतिशत कायम गर्नुपर्ने पूँजी, कर्जा तथा निक्षेपको अनुपात बढाएर ९० प्रतिशत कायम गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: