×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडको ग्लोबल मनी वीक २०२२’ सम्पन्न, सातै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंक अफ काठमाण्डू लिमिटेडको ग्लोबल मनी वीक २०२२’ सम्पन्न, सातै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Artha Sarokar

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको विश्व वित्तीय सप्ताह २०२२ स् विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न भएको छ । विश्व वित्तीय सप्ताह (Global Money Week) 2022 को सन्दर्भ पारेर बैंकले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी