Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ प्रणालीमा एकैदिन थपियो ८ अर्ब रुपैयाँ निक्षेप

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । फागुन २७ गते एकैदिन बैंकिङ प्रणालीमा ८ अर्ब निक्षेप थपिएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकमा उल्लेख छ । जससँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । गत फागुन २६ गतेसम्म कुल निक्षेप ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो। गत फागुन २६ गते कुल निक्षेप ४३ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
फागुन २७ गते बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी स्थिर रहँदै ४६ खर्ब ९३ अर्ब रुपैयाँ नै रहेको छ। गत फागुन २६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो । गत फागुन २६ गते कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ थियो।
यता फागुन २७ गते बैंकहरुको औसत सीडी रेसियो ९०.४७ प्रतिशत कायम भएको छ। गत फागुन २६ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.५४ प्रतिशत थियो। यस्तै अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत कायम भएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK