काठमाडौँ । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चैत ९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँमा सिमित भएको छ ।
राष्ट्र बैंकका अनुसार गत चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो । चैत ९ गते वाणिज्य बैंकहरुको निक्षेप भने १४ अर्ब रुपैयाँले घटेको छ । गत चैत ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा चैत ९ मा घटेर ४३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको हो ।
यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ । गत चैत ८ गते बैंक तथा वित्तीय संस्थाहरुले कुल ४६ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेकोमा चैत ९ गते पनि कर्जा परिचालनको अवस्था ४६ खर्ब ९४ अर्ब रुपैयाँमै सिमित रहेको छ । चैत ९ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ९०.९६ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्