Skip to content
LAXMI SUNRISE BANK

नयाँ र पुराना बीमा कम्पनीबीच बोनस दरमा प्रतिष्पर्धा !

अर्थ सरोकार

काठमाडौं । जीवन बीमा कम्पनीबीच बोनस दरमा प्रतिष्पर्धा हुन थालेको छ । नयाँ जीवन बीमा कम्पनीको आगमनसँगै बीमा कम्पनीहरुबीच बोनस दरमा प्रतिष्पर्धा हुन थालेको हो । १९ वटा जीवन बीमा कम्पनीमध्ये १५ वटा  जीवन बीमा कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को बोनस दर प्रकाशित गरेका हुन्  ।

जसमा सानिमा लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, प्रभु लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सरहेका छन् । बाँकि रहेका ४ बीमा कम्पनीहरुले भने बोनस दर प्रकाशित गरेका छैन । जसमा रिलायबल नेपाल लाइफ, युनियन लाइफ, गुराँस लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान रहेका छन्।

सर्वाधिक बोनसदर दिने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ रहेका छन् । नेशनल लाइफ आफ्ना बीमितलाई  प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि ८८ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ। त्यसैगरी नेपाल लाइफले बीमितलाई प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८३ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

यता आर्थिक वर्ष २०७५/७६ को तुलनामा ७ बीमा कम्पनीहरुको बोनस दर घटेको छ ।  जसमा एशियन लाइफ इन्स्योरेन्स , रिलायन्स लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र मेट लाइफ रहेका छन् ।

यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा प्राइम लाइफ, प्रभु लाइफ, आइएमई लाइफ र सानिमा लाइफले बोनस दर बढाएका छन् भने  सिटिजन्स लाइफ, ज्योति लाइफ, नेशनल लाइफ र सूर्या लाइफको बोनस दर भने स्थिर रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK