Skip to content
LAXMI SUNRISE BANK

बेस्ट फाइनान्सको वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

अर्थ सरोकार

काठमाडौं । बेस्ट फाइनान्सको साधारणसभा चैत ४ शुक्रबार(आज) गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुने भएको छ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिइनेछ ।

यता कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । कम्पनीले आर्थिक वर्ष २०६७–६८ यता लाभांश वितरण गर्न सकेको छैन ।

कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने विषय पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २० गते बुक क्लोज गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK