×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ मसान्तसम्मको वित्तीय रिपोर्ट : नाफा कमाउने मामलामा कुन विकास बैंक कति अब्बल ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माघ मसान्तसम्मको वित्तीय रिपोर्ट : नाफा कमाउने मामलामा कुन विकास बैंक कति अब्बल ? (विस्तृत विवरणसहित)

Artha Sarokar

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संचालनमा रहेका विकास बैंकहरूले माघ मसान्तसम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तथ्यांकमा उल्लेख भए अनुसार १४ विकास बैंकहरूले माघ मसान्तसम्ममा औसतमा २२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूको खुद नाफा ३ अर्ब ७८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको माघ महिनाको तुलनामा खुद नाफा करिब साढे २ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख  । यो अवधिसम्म आउँदा तीन विकास बैंक भने नोक्सानीमा छन् ।
कसको नाफा कति ? 
मुक्तिनाथ विकास बैंक : ६९ करोड ७८ लाख रुपैयाँ
गरिमा विकास बैंक : ५६ करोड ६५ लाख रुपैयाँ
महालक्ष्मी विकास बैंक : ५२ करोड ८३ लाख रुपैयाँ
ज्योति विकास बैंक : ४१ करोड २८ लाख रुपैयाँ
लुम्बिनी विकास बैंक : ४० करोड १२ लाख रुपैयाँ
शाइन रेसुंगा विकास बैंक : ४० करोड ९ लाख रुपैयाँ
कामना सेवा विकास बैंक : ४० करोड ६ लाख रुपैयाँ
सांग्रिला विकास बैंक : ३० करोड १२ लाख रुपैयाँ
राष्ट्रिय स्तरका यी आठ विकास बैंकको खुद नाफा औसतभन्दा माथि छ । सबैभन्दा कम नाफा कर्पोरेट डेभलपमेन्ट बैंकको छ । बैंकले माघ मसान्तसम्म आउँदा जम्मा ४७ लाख रुपैयाँ मात्रै कमाएको हो । यस्तै करोड रुपैयाँभन्दा कम खुद नाफा कमाउमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । बैंकले माघ अन्त्यसम्म ७२ लाख खुद नाफा गरेको छ । माघ मसान्तसम्ममा पनि नोक्सानीमा रहने बैंकमा नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक हुन् । बैंकहरूको कुल घाटा झन्डै साढे ५ करोड रुपैयाँ छ ।
यता चालु आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरूको खुद नाफा करिब १२ प्रतिशत वृद्धि भएको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूले ४० अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ३५ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । औसतमा बैंकहरूको खुद नाफा १ अर्ब ४९ करोड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी