बिराटनगर । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थ (आइक्यान)को आयोजनामा बिराटनगरमा प्रदेश तथा स्थानीय तहमा सार्वजनिक बित्त व्यवस्थापनका आयामहरु विषयक कार्यशाला गोष्टी सम्पन्न भएको छ । स्थानीय तथा प्रदेश सरकारको पहिलो अभ्यासमा देखिएका चुनौतीहरु र त्यसका विभिन्न आयामहरुबारे चर्चा, परिचर्चा, बहस र अन्तरक्रिया भएको सो कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अथितिका रुपमा उपस्थित थिए भने कार्यक्रममा आइक्यानका अध्यक्ष, आइक्यानका उपाध्यक्ष, आइक्यानका कार्यकारी निर्देशक, आइक्यान बिराटनगरका प्रतिनिधि, अडानका अध्यक्ष, आइक्यानका सदस्यहरु, अर्थमन्त्रालयका प्रतिनिधि, मोरंङका प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका कार्यकारी प्रमुखहरु लगायतको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अथितिका रुपमा प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले वित्त व्यवस्थापन सार्है महत्वपूर्ण काम भएकाले यसमा आइक्यानजस्तो नियमनकारी निकायको भूमिका पनि उल्लेखनीय रहेको बताएका छन् । उनले संघीयताको अभ्यास पहिलोपटक भएको भन्दै यस क्रममा देखिएका वित्त व्यवस्थापनका चुनौतीहरुलाई समाधान गर्ने विषयमा आइक्यानको भूमिका महत्वपूर्ण हुने र यस काममा स्थानीय सरकारले गर्नुपर्ने काममा आफुलेपनि सक्दो सहयोग गर्ने बताएका हुन् । सरकार संचालनका क्रममा गर्नुपर्ने वित्त व्यवस्थापनको काममा देखिने विभिन्न समस्या र चुनौतीहरुलाई समाधान गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राईले यसका लागि सरकारले गर्नुपर्ने काममा सरकार सधैं तयार रहेको बताएका हुन् ।
कार्यक्रममा उपस्थित अन्य वक्ताहरु पनि प्रदेश र स्थानीय तहमा बित्त व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुलाई समाधान गर्न र अवसरमा बदल्न के के गर्न सकिन्छ भन्ने विषयमा समेत प्रकाश पारेका थिए । कार्यक्रममा वित्त व्यवस्थापनका आयामहरुबारे विभिन्न सेसनहरुमार्फत प्रकाश पारिएको थियो । कार्यक्रममा उपस्थित अथितिहरुलेसमेत यस विषयमा आ(आफ्नो धारणा राखेका थिए ।













Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्