×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुन: बढ्यो कुखुराको मासुको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पुन: बढ्यो कुखुराको मासुको मूल्य

Artha Sarokar

२७ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुखुराको मासुको मूल्य शुक्रबारदेखि पुन: आकाशिएको छ । एक हप्तामै ब्रोइलर कुखुरा उत्पादकहरुले कुखुराको मासुको मूल्य बढाएका हुन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको जनाएको छ ।

जुन गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको थियो । कुखुराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । काठमाडौं उपत्यकामा अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।

रुस र युक्रेनबीच भएको तनावका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएको छ । कुखुरा मासुको मुल्य मात्रै नभएर अन्य वस्तुको मूल्य पनि ह्वात्तै बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी