Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डूको संस्थापक सेयर बिक्रीमा, कस-कसले पाउछन् आवेदन दिन ?  

अर्थ सरोकार

काठमाडौँ । बैंक अफ काठमाण्डूले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ हजार २ सय २८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य १ सय ८५ रूपैयाँ तोकिएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाईनै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
यस्तै तोकिएको समयभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK