×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोटलर्स नेपाल लिमिटेडले कर छल्यो, राजस्व अनुसन्धान विभागद्वारा साढे सात अर्ब असुलउपरको माग गर्दै मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बोटलर्स नेपाल लिमिटेडले कर छल्यो, राजस्व अनुसन्धान विभागद्वारा साढे सात अर्ब असुलउपरको माग गर्दै मुद्दा दायर

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन माग गर्दै आज मुद्दा दायर गरेको हो ।
यहाँस्थित बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट रु तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असूलउपर गर्न माग गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐनअनुसार पूँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी