×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Big Breaking: मेगा र कुमारी बैंकबीचको मर्जर ‘सहमति-नजिक’, स्वाप रेसियो १:१, ‘कुमारीका कर्मचारीले सूचनामा खेले’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

Big Breaking: मेगा र कुमारी बैंकबीचको मर्जर ‘सहमति-नजिक’, स्वाप रेसियो १:१, ‘कुमारीका कर्मचारीले सूचनामा खेले’

काठमाडौँ । पछिल्लो समय विवादै विवादमा फसेको र संस्थागत सुशासन सार्है कमजोर भएको बैंक कुमारी बैंक र पछिल्लो समय अनुपमा खुन्जेली सीइओ भएपछी रफ्तारमा ‘ग्रोथ’ गरिरहेको मेगा बैंकबीच मर्जरको छलफल टुंगोनजिक पुगेको छ । कुमारी बैंक स्रोतले दिएको जानकारी अनुसार दुई बैंक एक भएपछी हुने नाम, स्वाप रेसियो, बैंकमा कसलाई सीइओ बनाउने भन्ने कुरा, संचालक, अध्यक्ष लगायत सबै कुरामा टुंगो लागिसकेको छ ।  कुमारी बैंक स्रोतले दिएको जानकारी अनुसार मेगा र कुमारी बैंकबीच १:१ रेसियोमा मर्जरमा जाने अनौपचारिक सहमति भईसकेको छ ।
कुमारी बैंक स्रोतको जानकारीलाई मेगा बैंकका एक संचालकले पुष्टी गरेका छन् । ‘कुमारी र मेगाबीच मर्जरको छलफल चलेको हो ?’ भन्ने हाम्रो प्रश्नमा ती संचालकले भने- ‘छलफल चलेको मात्र होइन, लगभग टुंगोमा पुगिसक्यो । अरु अन्त्यथा भएन भने बैसाख पहिलो साता एमओयु हुन्छ । हामीले अलि अगाडी नै गरौँ भनेको कुमारी बैंकका साथीहरुले बैसाख पहिलो साता गरौँ भन्नुभएको छ ।’
अनुपमा बन्नेछिन् नयाँ बैंकको सीइओ !
ती संचालकका अनुसार नयाँ  बैंकमा को को संचालक पठाउने भन्ने विषयमासमेत छलफल भईसकेको छ भने नयाँ बैंकको सीइओका रुपमा अनुपमा खुन्जेलीलाई नै निरन्तरता दिने सहमति भएको बताएका छन् । ‘अनुपमाजी नबिल जाने हल्ला पनि छ । यद्यपी उहाँले हामीहरुलाई यस विषयमा केहि भन्नुभएको छैन । हामीले पनि बाहिर-बाहिर उहाँ नबिल जाने चर्चा सुनेका हौँ । तर उहाँलाई पनि मेगाले माया नै गरेको हो, र उहाँले पनि मेगालाई नयाँ उचाईंमा पुर्याउनुभएको छ । त्यसैले उहाँलाई नै सीइओ दिने कुरा छ ।’ उनले भने । उनका अनुसार कुमारी बैंकका हालका कामु सीइओ रामचन्द्र खनाललाई बैंकमा दोश्रो बरियता दिने कि तेश्रो भन्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुगिसकेको छैन । ‘यता रविना देशराजलाई दोश्रो बरियता दिएर रामचन्द्रजीलाई तेश्रो बरियता दिने कुरामा मोटामोटी सहमति त भएको छ तर एउटा बैंकको कामु सीइओचाहिं तेश्रोमा राख्ने र ? भन्ने कुरा पनि उठेकाले अहिले यो विषयचाहिं फाइनल भईनसकेको उनको भनाई छ ।
नाममा दुवै पक्षको आफ्नै दाबी, फाइनल हुन बाँकी !
नामको कुरामा भने मेगाका संचालकले मेगा कुमारी नाम प्रस्ताव गरेका छन् भने कुमारी बैंकका अध्यक्षले कुमारी मेगा राखौं भन्ने प्रस्ताव गरेका छन् । तर यसमा खासै ठुलो मतभेद नभएकोले कुरा केहि दिनमा टुंगिने उनको तर्क छ । उनका अनुसार रामचन्द्र खनाललाई तेश्रो बरियतामा राख्ने सहमति भएको खण्डमा कुमारी बैंकका स्टाफहरुलाई एक तह घटुवा गर्ने काम हुन सक्ने सम्भावना छ । यसका लागि कुमारी बैंकका संचालकले सहमति जनाईसकेका छन् । पछिल्लो समय कुमारी बैंकको पर्फर्मेन्स सार्है कमजोर भएपनि स्वाप भने १:१ दिने तयारी भएको उनको भनाई छ । ‘हामीले गण्डकीलाई त १:१ दियौं भने कुमारीलाई किन नदिने भन्ने कुरा आयो।  हामीले ठिकै हो भनेर सहमति जनाईसक्यौँ ।’
 
‘कुमारीका केहिलाई बिदा गर्ने तयारी !’
यता मर्जरकै कारण कुमारी बैंकमा नयाँ सीइओ ल्याउन नखोजिएको कुमारी बैंकका एक संचालकले बताएका छन् । ‘हामीले रामचन्द्रजीलाई ३ महिना हेरौं अनि निर्णय गरौंला भनेका छौं । ३ महिनामा त मर्जरको सबै कुरा टुंगिन्छ । उहाँ यसै पनि कुमारीमा तेश्रो बरियताकै मान्छे हो । माथिका दुईले छोडेर अहिले पहिलो भएका कारण मेगामा उहाँलाई तेश्रो नै रहन गाह्रो छैन भन्ने हामीले बुझेका छौं। ‘ कुमारीका केहि कर्मचारीहरुलाई मर्जरकै बहानामा बिदा गर्ने र कुमारी बैंकका केहि विवादित व्यक्तिहरुलाई कसरी बिदा गर्ने भन्ने विषयमासमेत अनौपचारिक छलफल भएको उनको भनाई छ । कुमारी बैंकमा बिकास खनाल लगायतका केहि व्यक्तिले पूर्व डेपुटी सीइओको दबाबमा गैरकानुनी काम गरेको भन्दै विवादमा छन् । उनीहरुलाई सकेसम्म फकाएर बैंकबाट बिदा गर्ने, नसके अफ्ट्यारोमा पारेर बैंकबाट बिदा गर्ने तयारी रहेको ती संचालकले बताएका छन् ।
‘सूचना चुहाएर कुमारीका कर्मचारीका आफन्तले उठाए सेयर’
यता यो प्रकरणमा केहि समय अघि नै मर्जरको कुरा सुन्नेबित्तिकै कुमारी बैंकका केहि उच्च तहका कर्मचारीले आफ्ना आफन्तको नाममा सेयर किनेको समेत भेटिएको चर्चा सुरु भएको छ । कुमारी बैंक अहिले सार्है सस्तोमा पाइएकाले र मर्जर लगभग सहमति नजिक भएको सूचना पनि पाएकाले उनीहरुले आफ्ना आफन्तको नाममा सेयर किनेको पाइएको मेगाका एक संचालकले आरोप लगाएका छन् । ‘कुरा टुंगिन  नपाउंदै, कुमारी बैंकका साथीहरुले बदमासी गर्न थालिसक्नुभएछ । तयसैले केहि कर्मचारीहरुलाई भने मेगामा एडजस्ट गर्न गाह्रो नै छ ।’ यस अघि अजोड इन्स्योरेन्स प्रकरणमा पनि इन्साइडर इन्फर्मेसनका आधारमा खेलेर कुमारी बैंक र कुमारी क्यापिटलमा रहेका केहिले ठुलो चलखेल गरेको आरोप लागेको थियो । सो केस आर्थिक लेनदेनमा मिलाईएको भन्दै अहिले अख्तियारमा उजुरी परेको छ भने अख्तियारले सो केसको छानविन गरिरहेको छ।
यता  बैंकका व्यवस्थापनका अधिकारीहरु भने यस विषयमा औपचारिक रुपमा आफुलाई कुनै पनि जानकारी नआएको बताउँछन् ।
(यो समाचार विशुद्ध जानकारीका लागि मात्र प्रस्तुत गरिएको हो । यहि समाचारलाई आधार बनाएर सेयर बजारमा आफ्नो रणनीति नबनाउन अनुरोध छ । – सम्पादक) 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: