×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री शर्मा भन्छन् – ‘बढेको ब्याजदरप्रति व्यवसायीहरुले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल भईरहेको छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थमन्त्री शर्मा भन्छन् – ‘बढेको ब्याजदरप्रति व्यवसायीहरुले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल भईरहेको छ’

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बढेको ब्याजदर नियन्त्रणका लागि छलफल भईरहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल भईरहेको बताएका हुन् ।
साथै अर्थमन्त्री शर्माले व्यवसायीहरु माग गरे अनुसारनै ब्याजदर निर्धारणका लागि आफूले पहल गरिरहेको दाबी गरेका हुन् । यता राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २%  भन्दा बढी राख्न नहुने सुझावसमेत उनको भनाई छ ।
अर्थमन्त्री शर्माले छिट्टै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी सहज बाटो बनाई समस्या समाधान गर्नेसमेत कार्यक्रममार्फत जानकारी गराए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी