×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैतमा ब्याजदर नबढ्ने, भयो यस्तो सहमति !

अर्थ सरोकार

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आईतवार

PRIME CA

चैतमा ब्याजदर नबढ्ने, भयो यस्तो सहमति !

काठमाडौं । चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज नबढ्ने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पीका छाता संगठनले फागुन महिनाका लागि ब्याजदर बढाएपनि चैत महिनाका लागि भने ब्याजदर नबढाउने सहमति गरेका हुन् । यता वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले चैतमा ब्याजदर नबढाउने सहमति बुझिएको छ । ब्याजदर बढे पनि निक्षेप बढ्ने अवस्था नरहेपछि संघ यस्तो निर्णयमा पुगेको हो ।
बैंकहरुले ब्याजदर बढाएर फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा १०.३ प्रतिशत पुर्याएका थिए । बचतमा ५ प्रतिशत र कलमा ३.१५ प्रतिशतसम्म ब्याजदर तोकेका थिए । राष्ट्र बैंकले ब्याजदर बढाउन भनेपछि संघले संस्थागत निर्णय गरेरै ब्याजदर बढाएको थियो । जस अनुसार बैंकहरुले माघ महिनाको भन्दा फागुनमा १० प्रतिशतले ब्याजदर बढाएका थिए । यद्यपि बैंकहरुमा निक्षेप भने जस्ताको त्यस्तै रह्यो अर्थात निक्षेप बढ्न सकेन ।
गत असोजदेखि बैंकहरुमा लगानीयोग्य पूँजी (तरलता) को चरम अभाव रहेको छ । पछिल्लो केही महिनायता भने राष्ट्र बैंकले आयात र कर्जा विस्तारमा कडाइ गरेको छ । यद्यपि बैंकहरुमा तरलताको अवस्था सहज हुन सकेको छैन । जसले गर्दा बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।
स-सानो कर्जासमेत केन्द्रिय कार्यालयले एप्रुभ गरिरहेको पाइएको छ । यता बैंकहरुमा तरलताको समस्या थप चुलिंदै जाँदा सेयर बजारलेसमेत आफ्नो लय लिन सकेको छैन । यद्यपि चैत महिनामा लगानीयोग्य रकम केहि सहज हुने र बजारले केहि उचाईमा लिने अपेक्षामा लगानीकर्ता बसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: