×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, जग्गा नामसरी गर्ने बहानामा लिए एक लाख बढी घुस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, जग्गा नामसरी गर्ने बहानामा लिए एक लाख बढी घुस

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध जग्गा नामसरी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रूपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
१२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घुस लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी