×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सकिने, सहज सेवा प्रदान गर्नुपर्नेमा जोड (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सकिने, सहज सेवा प्रदान गर्नुपर्नेमा जोड (भिडियो)

Artha Sarokar

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्ने कार्यको शुभारम्भ गर्नुभएको हो । यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सक्ने भएका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाजत पत्र नविकरण गर्न पनि झन्झटिलो हुने गरेकाले डिजिटल माध्यम अपनाइएको बताउनु भयो । यस सुविधाअन्तर्गत अब अभिकर्ताहरुले आफ्नो कम्प्युटर र मोवाइलमार्फत् सजिलै नविकरण गर्न सकिने उल्लेख गर्नुभयो । अध्यक्ष सिलवालले डिजिटल नविकरण प्रक्रियालाई पनि गुनासोरहित बनाउनका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने बताउनु भयो । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा अझै जोड दिनुपर्ने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियोः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी