काठमाडौं । छ्याङदी हाइड्रोपावरको संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामी भर्ने चैत ९ गते बुधबार अन्तिम दिन रहेको हो । अब उक्त सेयरमा आवेदन दिन सोमबारसहित ३ दिन मात्र बाँकी रहेको छ ।
कम्पनीले चैत १ गतेबाट ५९ हजार ८२७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी, महेन्द्रनगर र बुटवलबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्