काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको १५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।
सो योजना अन्तर्गत डेविट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १००० वा बढीको कारोबार गर्दा एक मुष्ठ २०० क्यासब्याक दिइने छ । यसैगरी पहिलो पटक क्यु आर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि रु १०० को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ । डिजिटल भुक्तानीको अर्को माध्ययम इ कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।
त्यस्तै, ५,००,००० सम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपयाँ सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल- इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ । बैंकका ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै प्ष्यकप सेवाको सुरुवात गरेको छ ।
Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंक शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने छन् । साथसाथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र Customer Support Centreको समेत स्थापना गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्