×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकद्वारा माघ महिनामा मात्रै घरजग्गामा ४१ करोड ऋण प्रवाह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वाणिज्य बैंकद्वारा माघ महिनामा मात्रै घरजग्गामा ४१ करोड ऋण प्रवाह

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनामा मात्रै घरजग्गामा ४१ करोड ६० लाख रुपैयाँ ऋण दिएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को माघमा मात्र वाणिज्य बैंकहरुले घरजग्गामा सो बराबरको ऋण दिएका हुन् । उक्त महिनामा २७ वाणिज्य बैंकमध्ये १६ वटाले घरजग्गामा ऋण प्रवाह बढाएका छन् भने बाँकी ११ वटाले घटाएका छन् ।
नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक, कुमारी, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाडू, एनसीसी बैंक, सिद्धार्थ ग्लोबल आइएमई, सनराइज, मेगा र सेन्चुरी कमर्शियल बैंकले घरजग्गामा ऋण घटाएको राष्ट्र बैंकले जनाएको छ । हालसम्म वाणिज्य बैंकबाट यस्तो ऋण १ खर्ब ८१ अर्ब २० करोड रुपैयाँ प्रवाह भएको छ ।
जसमा सबैभन्दा बढी ऋण प्रवाह एनआईसी एशिया बैंकले गरेको छ । माघसम्म बैंकले घरजग्गामा ऋण प्रवाह १५ अर्ब ३८ करोड रुपैयाँ भएको छ । माघमा मात्रै भने बैंकले १० करोड ३० लाख रुपैयाँ घरजग्गामा ऋण प्रवाह गरेको छ । यद्यपि माघमा सबैभन्दा बढी घरजग्गामा ऋण प्रवाह सिभिल बैंकले गरेको छ । बैंकले माघमा मात्र ७० करोड ७० लाख रुपैयाँ यस्तो ऋण प्रवाह गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी