×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई वर्षमा थपिए ४७ हजार कम्पनी, नाफा वितरण नगर्ने कम्पनीको संख्या २५ हजार बढी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दुई वर्षमा थपिए ४७ हजार कम्पनी, नाफा वितरण नगर्ने कम्पनीको संख्या २५ हजार बढी

Artha Sarokar

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ कम्पनी खोल्नेहरुको संख्या बढेको छ । कोरोना संक्रमणकै बीचमा पनि नयाँ कम्पनी खोल्नेहरुको संख्या बढेको हो । कम्पनी रजिष्ट्रार कार्यालयको विवरणअनुसार दुई वर्षको अवधिमा ४७ हजारभन्दा बढी कम्पनी दर्ता भएका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनासम्ममा १९ हजार १ सय ७२ कम्पनी दर्ता भएका छन् । पछिल्लो २३ महिनासम्ममा ४७ हजार ३ सय ५३ नयाँ कम्पनी दर्ता भएका हुन् । यस्तै आर्थिक वर्ष २०७७/७८ मा कम्पनी दर्ताको संख्या २६ हजार ४ सय ९८ रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ४२.२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७६/७७ मा कम्पनी दर्ता संख्या १८ हजार ६ सय २८ रहेको थियो ।

गत वर्ष दर्ता भएको कम्पनी संख्या पछिल्लो पाँच वर्ष यताकै उच्च भएको रजिष्ट्रारको कार्यालायले जनाएको छ । तर कम्पनी दर्ता भएअनुसार संचालनमा नआएको पनि कार्यालायले जनाएको छ । हालसम्म नेपालमा २ लाख ७६ हजार ४ सय १२ कम्पनी दर्ता भएका छन् । जसमध्ये प्राइभेट कम्पनीका ७ लाख १२ हजार २ सय १७ जना सेयर सदस्य रहेका छन् भने नाफा वितरण नगर्ने कम्पनीको संख्या २५ हजार १ सय २२ रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी