×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्पोरेट डेभलपमेन्ट बैंकले चैत १६ गतेदेखि १ लाख २० हजार कित्ता सेयर लिलामीमा ल्याउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर्पोरेट डेभलपमेन्ट बैंकले चैत १६ गतेदेखि १ लाख २० हजार कित्ता सेयर लिलामीमा ल्याउने

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १ लाख २० हजार १२० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले  चैत १६ गतेदेखि सो सेयर बिक्रीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । आवेदन दिने अन्तिम म्याद चैत २४ गतेसम्म रहेको छ । बैंकले यसअघि गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म ३० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याउन लागेको हो । यस बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: