×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मूल्यवृद्धि : डण्डीको मूल्य केजीकै १३० रुपैयाँ पुग्यो, के भन्छन् निर्माण व्यवसायी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मूल्यवृद्धि : डण्डीको मूल्य केजीकै १३० रुपैयाँ पुग्यो, के भन्छन् निर्माण व्यवसायी ?

Artha Sarokar

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डण्डी उत्पादक उद्योगीहरुले डण्डीको मूल्य बढाएका छन् । पछिल्लो दुई सातामा उद्योगीहरु डण्डीको मूल्य प्रतिकेजी ३० रुपैयाँसम्म बढाएर केजीकै १३० रुपैयाँ पुर्याएका छन् । दुई साता अगाडी डण्डीको मूल्य ११० रुपैयाँसम्म थियो ।
यसरी डण्डीको मूल्य ह्वात्तै बढ्दा अधिकांश आयोजना प्रभावित बनेका छन् । यता निर्माण व्यवसायी भने बजारमा डण्डीको मूल्य बढेकाले काम गर्न नसक्ने स्थितिमा पुगेको र मूल्य नघटेसम्म निर्माण कार्य अगाडि नबढाउने बताउँछन् । उनीहरुले मूल्यवृद्धिका कारण काम गर्न नसक्ने भएपछि ‘निर्माण होलिडे’ मनाउने घोषणासमेत गरिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ, कोइला, डण्डीलगायतको मूल्य बढे उपभोक्ता मारमा परेका छन् । यद्यपी महंगी अझै बढ्न सक्ने बताइएको छ । र महंगीकै बीच उपभोक्ताहरु समान किन्न बाध्य छन् । अहिले बजारमा अम्बे स्टील, आरती स्टील, हामा स्टील, अशोक स्टील, हिमाल स्टील, हुलास स्टीललगायत कम्पनीका डण्डी उपलब्ध छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी