×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको छ’ : प्रधानमन्त्री देउवा (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘सिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको छ’ : प्रधानमन्त्री देउवा (भिडियो)

२६ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ का कारण रोकिएको र सिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको बताउनु भएको छ ।
बिहीवार वीरगञ्जमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले कोरोनाका कारण देशको अर्थतन्त्रमा पु¥याएको क्षतिलाई पुनः पहिलेकै अवस्थामा फर्काउने गरी सरकारले काम गरीरहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले यो बिना देशमा आर्थिक, समाजिक रुपान्तरण हुन नसक्ने बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सञ्चालन सम्बन्धी कानूनलाई थप सरल र पारदर्शी बनाउने, मुलुकमा उद्योग सञ्चालनलाई सरकारले स्तरोन्नती दिनेछ । हाल सरकारले अघि बढाएको औद्योगिक क्षेत्र आर्थिक क्षेत्र, औद्योगिक ग्राम तथा पूर्वाधार विकासका काम र उद्योगमा आवश्यक सीपमुलक जनशक्ति उपलब्ध गराउने कार्यस्थलमा रोजगारमुलक, उद्योग व्यवसायका कार्यक्रमको संरक्षणका कारणबाट मुलुकमा औद्योगिक क्षेत्रमा उल्लेख्य सुधार आउनेछ ।’
प्रधानमन्त्री देउवाले अर्थतन्त्र बलियो बनाउनमा घरेलु तथा साना उद्योगको योगदान अनुसार सरकार सहयोग गर्न प्रतिवद्ध रहेको जिकिर समेत गर्नुभयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: