Skip to content
LAXMI SUNRISE BANK

नेपाली बजारमा ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको विक्री वितरण शुरु

अर्थ सरोकार

काठमाडौं । भारतीय ब्राण्ड ओडीसीले इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । राजधानीको नक्सालस्थित सोरुमको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरे।

विद्युतीय सवारी साधन प्रयोगमा ढिलाइ गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनको व्यवस्था गर्न लागिएको बताए । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरू नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरूले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए । ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युत्ले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक लक्ष्मण रायमाझीले बताए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK