काठमाडौं । नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बैंक अन्तरगत रहेको इसेड रेमिटबीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ ।
यो सम्झौतासंगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५,००० भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिने भएको छ । सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सिओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सिओ, मुजाहिद मलिकले हस्ताक्षर गरेका हुन् । इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सक्नेछन् ।
त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२, ००० बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने इसेवाले जनाकारी दिएको छ । साथै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु। ७७ बोनस रकम समेत प्राप्त गर्न छन् । सातै इसेवा मनि आर्फत आएको रकम प्रभु भ्यानेजमेन्ट अन्तरगत रहेका सहकारी संस्थाहरुबाट समेत सजिलै भुक्तानी लिन सकिने सुबिधा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्