×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक लिमिटेडद्धारा २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एभरेष्ट बैंक लिमिटेडद्धारा २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

Artha Sarokar

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समेट्दै आएको छ ।
“नेपाली साहित्यका चम्किला ताराहरू” भन्ने नारासहितको क्यालेन्डर २०७९ सालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा अनावरण गरेका हुन् । कार्यक्रममा बागमती प्रदेश प्रबन्धक सन्तोष कुमार भट्टराई र पुष्पराज उप्रेती, प्रमुख–बजार तथा संस्थागत निक्षेप, एभरेष्ट बैंक लिमिटेडका तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
साथै, कार्यक्रममा बैंक व्यवस्थापनले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लेखकहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी