काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण आगामी चैत्र १८ गतेदेखि काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा आगामी चैत्र १८ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुने भएको हो । इप्पानले जलविद्युत सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा विकसित पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, नेपालमा जलविद्युत तथा उर्जा क्षेत्रमा थप उर्जा उत्पादन, बजारको प्रवद्र्धन, देशभित्र विद्युत खपत बढाउनका साथै विभिन्न मुलुसँग जलविद्युत परियोजना विकास सम्बन्धमा छलफल गर्ने लक्ष्य लिएर एक्स्पो गर्न लागेको बताएको छ ।
एक्स्पोमा जलविद्युत प्रबद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बिमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामाग्रीका सप्लायरसँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ । एक्स्पोमा राखिने स्टलमध्ये आधाभन्दा बढी विदेशी हुने इप्पानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिनुभयो । उहाँले एक्स्पोमा ५० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने पनि जानकारी दिनुभयो ।
यस्तै, इप्पानले प्रतिनिधिसभाको बैठकले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गरेप्रति खुशी व्यक्त पनि गर्नुभएको छ । पत्रकारहरुको प्रश्नको जवाफ दिदैं इपानका उपाध्यक्ष गर्गले विद्युत प्रशारण लाइनको निर्माणले सबै भन्दा धेरै जलविद्युत क्षेत्रका लगानीकर्ता लाभांवित हुने बताउनुभयो । उहाँले एमसीसी परियोजना समयमा नै निर्माण सम्पन्न भए ट्रान्समिसन लाईनको समस्या समाधान हुनका साथै विद्युत व्यापारमा सहयोग पुग्ने पनि बताउनुभयो ।
यसपटकको एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै पावर रोबोथन ( हाइड्रोकर्न २ दशमलव शून्य) ब्याटल रोबोट्स तथा हाइड्रो पावर लाइभ डेमोन्स्ट्रेशन आकर्षण बन्नेछ । यसका साथै एक्सपोमा आएका इच्छुक अवलोकनकर्तालाई हेलीकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमणसमेत गराउने ब्यावस्था गरेको इपान उपाध्यक्ष गर्गले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्