काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सोमबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषयका लागि सुझाव लिन सरोकारवालासँग छलफल गरेको छन् । उनले बैंक तथा वित्तीय संस्था, बिमा क्षेत्रका साथै सेयर लगानीकर्तासँग छलफल गरेको हुन् । सोही छलफलका क्रममा सेयर लगानीकर्ताले आगामी बजेटमा पुँजीबजार विस्तारका लागि गर्नुपर्ने निती नियमबारे सुझाव दिएका छन् ।
लगानीकर्ताले नेपालको सेयर बजारलाई ४/१२ को क्यापले नकारात्मक प्रभाव पारेको बताउँदै अब आउने बजेटमा सो क्यापलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै उनीहरुले टीएमएस, मेरो सेयरमासमेत समस्या आइरहेकाले क्रस बोर्डर टेस्टटेड अन्तर्राष्ट्रिय स्तरको प्रणाली ल्याउन बजेटमानै रकम विनियोजन गर्नुपर्ने पनि अर्थमन्त्री शर्मालाई सुझाव दिएका छन् ।
यस्तै लगानीकर्ताहरुले एकल ब्याजदरको व्यवस्था गर्नुपर्ने, योग्य व्यक्ति र संस्थाहरुलाई पनि ब्रोकर लाइसेन्स वितरण गर्नुपर्ने र ब्रोकर कमिसन घटाउनुपर्ने जस्ता सुझाव दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्