Skip to content
LAXMI SUNRISE BANK

के.सी.एल.अस्ट्यूट क्यापिटल बन्यो गरिमा क्यापिटल लिमिटेड

अर्थ सरोकार

काठमाडौँ । के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार सञ्चालन गर्ने भएको छ । गरिमा विकास बैंकको ५१.२०% सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।
यससंगै के.सी.एल. अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् । गत आषाढ ०४ गते के.सी.एल.अस्ट्यूट क्यापिटल र गरिमा विकास बैंकबिच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको सेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
सोहि सम्झौता अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयको चैत्र महिना ०७ गतेको पत्रबाट साविकको के.सी.एल. अस्ट्यूट क्यापिटलको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्न व्यहोर्नपर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटलबाट परिवर्तन गरी गरिमा क्यापिटल कायम भएको छ ।
गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डेय र सदस्यहरुमा रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय, र अनिल श्रेष्ठ रहेका छन् । गरिमा क्यापिटलका सेवाहरु ग्राहक समक्ष पुयाउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK