काठमाडौं । के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोवार सञ्चालन गर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०५ शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।
यस संगै अब उप्रान्त के।सी।एल। अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् । गत आषाढ ०४ गते के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबिच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानीरस्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोहि सम्झौता बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको चैत्र महिना ०७ गतेको पत्रबाट साविकको के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्न व्यहोर्न पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको छ ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । साविक के सी एल अस्ट्यूट क्यापिटल लिमिटेडबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह हुँदै आएकोमा अब निकट भविष्यमा नै गरिमा क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु जस्तै निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन , संस्थागत परामर्श तथा सामूहिक लगानी कोष , प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड , हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्वन्धी सेवाहरु प्रदान गर्ने जनाएको छ ।
गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पुयाउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुवाट सहजिकरण हुने व्यवस्था मिलाइने कम्पनीले उलेख गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्