×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नियामकको आखाँ छल्दै ग्लोबल आइएमई बैंक, बचत खातामा १२.०३% ब्याज दिएको खुलासा !

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नियामक नेपाल राष्ट्र बैंकको नियम विपरित ब्याजदर दिएको पाइएको छ । बैंकले राष्ट्र बैंकको नियमको अटेर गर्दै पटक-पटक सार्वजनिक पद धारण गरिसकेका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीको मुद्दती खातामा रहेको चार करोड रुपैंयामा १२.०३% ब्याज दिएको खुलासा भएको हो । लोहनी आफैँले झुक्किएर आफ्नो फेसबुकमा रकम जम्मा गरेको पत्र राखेरपछि सो रहस्य बाहिरिएको हो ।
पटक-पटक सार्वजनिक पद धारण गरिसकेका लोहनीको ग्लोबल आइएमईको मुद्दती खातामा चार करोड रुपैंया रहेको खुलासा भएपछि यसतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण भएको बुझिएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिको स्रोतबारे अख्तियारले जुनसुकै बेलामा छानबिन गर्न सक्ने भएकाले सो विवरणलाई नोटिसमा लिएर छानबिन अगाडि बढाउने अख्तियार स्रोतले बताएको छ ।
उनले सुन्धारा शाखामा खाता खोलेर २ वर्षका लागि सो रकम राखेका थिए । सो वापत उनले मासिक ब्याज ४ लाख १० हजार पाउदै आएका थिए । यता बैंकले फागुन महिनाको लागि प्रकाशित गरेको ब्याजदरमा ३ महिना भन्दा बढी अवधिका लागि ११.०३ प्रतिशत ब्याज दिने उल्लेख छ । तर उक्त बैंकले भने आफ्नै मनोमानीमा लोहनीलाई १२.०३% ब्याज दिएको पाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: