×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा बढ्न थाल्यो चीजको माग, बजारको माग धान्न नसक्ने अवस्थामा राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र(भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालमा बढ्न थाल्यो चीजको माग, बजारको माग धान्न नसक्ने अवस्थामा राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र(भिडियो)

Artha Sarokar

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

तनहुँ । बाख्राको दुधबाट उत्पादन हुने चीजको बिक्रि बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ–धौ पर्न थालेको छ । विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरुमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरुले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो । विदेशीहरुले चीज र वाइन खाने भएको र नेपाली चीज विदेशको भन्दा ताजा र गुणस्तरयुक्त भएको कारणले पनि पछिल्लो समय धेरै मन पराइएको बताउनु हुन्छ राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर, तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य । अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातीका बाख्राहरु पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढीरहको छ । उहाँले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दुध पुर्याउन सक्ने बताउनु भयो । एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि ४ लिटरसम्म दुध दिने गरेको उहाँको भनाइ छ । दुधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको उहाँले बताउनु भयो । उहाँले स्थानीयको माग, होटल व्यवसायीहरुको माग अझै पनि अनुसन्धान केन्द्रले धान्न नसकेको बताउनु भयो । यो बाख्राले सबै किसिमका घाँसहरु खाए पनि पोषिलो कुरा धेरै खुवाउनु पर्ने उहाँको भनाइ छ । अनुसन्धान कन्द्रले अहिले चीजसँगै सानेन जातको पाठीहरु पनि बिक्री गर्दै आएको छ । तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसावमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उहाँको भनाइ छ । वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भन्नुभयो, ‘६ प्रजातीका बाख्राहरु पालन गरिएको छ । बोयर जातका बाख्राहरु अहिले धेरै किसानहरुले रुचाउनु भएको छ । अर्को हामीसँग सानन् जातको बाख्रा छ । सानेन भनेको अन्तर्राष्ट्रिय स्तरमा पनि डेरी ब्रिड हो । अहिले हामीकहाँ एभ्रेज दिनमा साढे २ लिटर दिन्छ एउटाले । एउटा सानो परिवारलाई दुध पर्याप्त पुर्याउन सक्ने बाख्रा हो । यो बाख्राको दुध पचाउनलाई अति सजिलो छ । हामी यसको दूधलाई चिज बनाउँछौँ । यहाँबाट बनेको चीज पोखरामा जान्छ । यसलाई दुध बढी आउने हुनाले बढी पोषिलो कुरा खुवाउनु पर्छ । नर्मली सबै घाँस खान्छन् । हामीकहाँ सय प्रतिशितको माउको मूल्य हामीले दुध छोडाएपछि ३ देखि ५ महिनामा बेच्छौँ । एउटा पाठीको मूल्य २५ देखि ३५ हजारसम्म पर्छ । नेपालमा चिजको माग बढ्दो छ । बजार क्षेत्र र पर्यटककीय गन्तव्यहरुमा यसको माग बढ्दो छ ।’

त्यस्तै राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दुध भन्दा चीजको बढी माग आइरहेको बतानउनु भयो । उहाँले अहिले बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित चीज पोखराका विभिन्न होटलहरुमा बिक्री हुने बताउनु भयो । २५ सय रुपैयाँ तिरेर स्पेनबाट ल्याइएको चीज भन्दा नेपालमा उत्पादित चीज सस्तो र गुणस्तरीय भएकोले पनि पछिल्लो सयम यसको माग बढेको उहाँको भनाइ छ । बन्दीपुरमा उत्पादित चीज किलोको ८ सय रुपैयाँमा बेच्ने गरेको र विदेशीहरुले पनि धेरै मन पराएको प्रतिक्रिया आएको उहाँले बताउनुभयो । उहाँले केही वर्ष यता नेपालीहरुले पनि चीज धेरै मन पराउन थालेको बताउनु भयो । बाख्राको दुधमा फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई–भैंसीको तुलनामा बाख्राको दुध र चीजको माग उल्लेख्य रहेको छ । संयोजक कँडेलले भन्नुभयो, ‘नेपालमा बाख्राको दुध भन्दा पनि चिज बढी माग आइरहेको छ । पोखराका धेरै रिसोर्टहरुमा स्पेनबाट २५ सय रुपैयाँ केजीमा ल्याएर वाइन र चिजको कमिनेशनमा धेरै विदेशीहरुले प्रयोग गर्दछन् । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रममा पोखराबाट होटल व्यवसायीहरुले आएर पनि ८ सयमा दिने भए हमी हेर्छौं भन्नुभयो । यहाँको चिज लगेर हेर्दा स्पेनबाट ल्याएको भन्दा पनि बढी विदेशीहरुले यो मन पराए । विगत दुई तीन वर्षदेखि बाख्राको चिजमा नेपालीहरु पनि धेरै मन पराएका छन् ।’

त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यष पुण्यसिंह लामा भने बन्दीपुरलाई पर्यटनसँग जोडेर उत्पादन र रोजगारी बढाउने लक्ष्यमा रहेको बताउनुहुन्छ । बन्दीपुर सांस्कृतिक र ऐतिहासिक थलो भएको भन्दै उहाँले २० वर्षे गुरुयोजना बनाएर बन्दीपुरलाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ काम गरेको बताउनु भयो । पर्यटकलाई दुई रात, तीन दिन बसाउने वातावरण सिर्जना गर्ने र एकै दिनमा ५ देखि १० हजारको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएर गाउँपालिकाले काम गरेको उहाँको भनाइ छ । अध्यक्ष थापाले भन्नुभयो, ‘गुरुयोजनामा समावेश भएका विषयवस्तुमा टेकेर २० वर्षमा हामी यो गर्छौं भनेर लागेका छौँ । पर्यटकलाई दुई रात, तीन दिन बसाउने वातावरण बनाउने, एकै दिनमा ५ देखि १० हजारको हाराहारीमा भित्र्याउने र उत्पादन र रोजगारसँग जोड्ने भन्ने हाम्रो लक्ष्य हो । हामीले २० वर्षे गुरुयोजनामा के भनेका छौँ भने पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मुल आधार भन्न मुल नारा बनाएर काम गरिरहेका छौँ । मुख्य हामीले पर्यटनमा किन जोड दियौँ भन्दा बन्दीपुर ऐतिहासिक थलो हो । यो पाल्पाली मुकुन्द सेन राजाको राज्य । पुरानो ऐतिहासिक ठाउँ, सांस्कृतिक सम्पदा भएको ठाउँ हो । सांस्कृतिक सम्पदाहरुलाई पर्यटनको रुपमा जगेर्ना गर्दै सम्पतिको रुपमा परिणत गर्ने हाम्रो लक्ष्य हो ।’ अध्यक्ष थापाले ऐतिहासिक सम्पदाहरुलाई पर्यटनमा बदलेर रोजगार र उत्पादन सिर्जना गर्ने लक्ष्यअनुसार ऐतिहासिक सम्पदाहरुको सुरक्षा गर्ने काम गरिरहेको बताउनुभयो । हेर्नुहोस् भिडियोः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी