Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यले रेकर्ड तोड्यो ! बुधबार मात्रै २५ सयले बढेर तोलाकै एक लाख ५ हजार पाँच सय पुग्यो (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज दुई हजार ५ सयले बढेर प्रतितोला एक लाख ५ हजार पाँच सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९० हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK