×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५ लाख ९२ हजार ७६३ जना आवेदकले भरे ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ, शुक्रबारसम्म मात्रै आवेदन दिन सकिने

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा झन्डै १६ लाखले आवेदन दिएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहिबार साँझ ५ः०३ बजेसम्ममा १५ लाख ९२ हजार ७६३ जना आवेदकहरुले १ करोड ९५ लाख ३४ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले मंगलबार चैत ८ गतेबाट सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: