काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बिक्री खुला भएको छ । कम्पनीको चैत ८ गते मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यस्तै बाँकी २८ लाख ७५ सय कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।
लगानीकर्ताहरुले उक्त आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । र सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकको काम यसमा लक्ष्मी क्यापिटलले गर्ने भएको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी डबल बी’ रेटिङ दिएको छ । केयरले २०७८ पुस २ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ मंसिर १५ गतेसम्म बहाल रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्