×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा तयार पार्नुहोस् है ! मंगलबारदेखि ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आइपीओ बिक्रीमा आउँदै

PRIME CA

पैसा तयार पार्नुहोस् है ! मंगलबारदेखि ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आइपीओ बिक्रीमा आउँदै

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले मंगलबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीको आइपीओमा प्रतिकित्ता १०० का दरले आवेदन दिन सकिनेछ । १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोष, ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुले र बाँकी २८ लाख ७५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
उक्त सेयरमा लगानीकर्ताहरुले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
। कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ । रेटिङ एजेन्सी कियर रेटिङ्ग नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी डबल बी’ रेटिङ दिएको छ लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: