×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बाँडफाँड हुने भयो ग्रीन भेन्चर्सको आइपीओ, कति आवेदकले पाउँदैछन् सेयर ?

PRIME CA

आइतबार बाँडफाँड हुने भयो ग्रीन भेन्चर्सको आइपीओ, कति आवेदकले पाउँदैछन् सेयर ?

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ चैत २० गते आइतबार बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८.३० बजे कम्पनीको आइपीओ बाँडफाँड गर्ने जनाएको हो । कम्पनीको प्री–अलोटमेन्ट मंगलबार (चैत १५ गते) सम्पन्न भएको छ ।
कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ९.०२ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट २ लाख ८७ हजार ५०० जनाले मात्र कम्पनीको सेयर हात पार्नेछन् । बाँकी १८ लाख ७० हजार १३१ जनाको भने हात खाली हुनेछ ।
कुल २१ लाख ५७ हजार ६३१ जनाले २ करोड ५९ लाख ४० हजार ५६० कित्ता आइपीओका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बरारको आवेदन परेको छ । ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: