काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओको प्रि–अलटमेन्ट आज हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले कम्पनीको आइपीओको प्रि–अलटमेन्ट आज हुने जनाएको हो । प्रि–अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने भएको छ । क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड यसै साताभित्र सम्पन्न गरिने जनाएको छ ।
ग्रीन भेन्चर्सले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्