काठमाडौं । गोर्खाज फाइनान्सले आज मंगलबारदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्ने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । यद्यपी कम्पनीले सेयर कित्ता संख्या र मूल्य भने उल्लेख गरिएको छैन ।
उक्त सेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखाल रोड, डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनु पर्नेछ ।
सो अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र अनुसार प्रचलित कानून बमोजिम सेयर बिक्री गरिने छ ।