×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एचआइडीसीएलले संस्थापक सेयर लिलामी बोलपत्रवालाको रकम शुक्रबारबाट फिर्ता गर्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले संस्थापक सेयर लिलामी बोलपत्रवालाको रकम फिर्ता गर्ने भएको छ । कम्पनीले फागुन १ गतेबाट बिक्री खुल्ला गरेको लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताहरुलाई रकम फिर्ता गर्न लागेको हो । कम्पनीले उक्त रकम आज चैत ४ गतेबाट फिर्ता गर्ने भएको छ ।

कम्पनीको लिलामी प्रक्रिया केहि समय लम्बिने भएपछि चैत्र २ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सो अवधि भित्र आवेदकहरुको संकलित रकम फिर्ता गर्न निर्देशन दिएको थियो । सोही कारण लगानीकर्ताहरुको रकम फिर्ता गर्न लागेको हो । बोर्डले फागुन १२ गतेको पत्रबाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि सेयर लिलामी नआउने भएको छ । उक्त रमक प्राप्त गर्नका लागि बोलपत्र बुझाएको संकलन केन्द्रहरुमा स्वयं उपस्थित हुनुपर्नेछ । साथै बोलपत्र दर्ता गर्दाको सक्कल दर्ता रसिद र नागरिकता वा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

त्यस्तै बैंक भौचर तथा आइपीएसमार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा भने कम्पनीले तोकेको ढाँचामा सक्कल बैंक भौचर तथा आइपीएसको स्टेटमेन्छ राखेर निवेदन दिनु पर्नेछ । बोलपत्रवालाको रकम निष्कासन बैंकको खातामा जम्मा भएको यकिन गरे पश्चात् बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलि पल्ट रकम जम्मा हुने भएको छ ।

त्यस्तै गुड फर पेमेन्ट चेकमार्फत बोलपत्र पेश गरेका बोलपत्रवालाहरुको हकमा उक्त चेक क्यान्सिल गर्नका लागि उक्त चेक संलग्न गरी निवेदन दिनु पर्नेछ । त्यसपछि उक्त निवेदनको आधारमा चेक जारी गर्ने सम्बन्धित बैंकको नाममा चेक उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: