×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित, होटल व्यवसायी खुशी

PRIME CA

हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित, होटल व्यवसायी खुशी

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

रसुवा । पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोभिड–१९ सङ्क्रमण शून्यमा झरेसँगै लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका छन् । होटल व्यवसाय सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०/२५ आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ आन्तरिक र बाह्य पर्यटकले लाङ्टाङ् राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन् । वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेखनीय रुपमा वृद्वि हुने विगतको तथ्याङ्कले देखाएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ आन्तरिक, ११२ जना सार्क राष्ट्रका तथा एक हजार तीन अन्य देशका पर्यटकले भ्रमण गरेका छन् । धार्मिक पदमार्गअन्तर्गत तिवारी बगरदेखि चन्दनबारी, लौरिविनायक, गोसाइँकुण्डसम्म र लाङ्टाङ् पदमार्गको स्याफ्रुबेँसीहुँदै लाङ्टाङ क्याङ्जेन सम्मका पर्यटकीय पदमार्गका होटल सञ्चालनमा आएको गजुरेल बताउनुहुन्छ ।
हिमाली पदयात्राका लागि आउनुभएका भारतीय यात्रु अमित पवार भन्नुहुन्छ, “जीवनमा एकपटक पुग्नैपर्ने तीर्थ भएकाले भगवानको दर्शन गर्न आएका हौँँ ।” पर्यटकको आगमनसँगै पदमार्गका होटल व्यवसायी खाध्यान्न ढुवानीमा व्यस्त हुन थालेका छन् । यस्तै गोसाइँकुण्ड पुग्ने यात्रुलाई खान बस्न सुविधा पुगोस् भन्ने उद्देश्यले लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत अनुमति दिएका तीर्थस्थल नजिकैका चार होटल नियमित सञ्चालन गराउन आग्रह गरिएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: