×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर हर्षोल्लासका साथ मनाईयो होली, १७ तस्विरमा हेर्नुहोस् मन्त्रीदेखि सर्वसाधारणसम्म रङमा रमेको माहोल ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देशभर हर्षोल्लासका साथ मनाईयो होली, १७ तस्विरमा हेर्नुहोस् मन्त्रीदेखि सर्वसाधारणसम्म रङमा रमेको माहोल ! (फोटो-कथा)

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर हर्षोल्लासका साथ होली पर्व मनाईएको छ । चैत्र ३ गते पहाडी जिल्ला र चैत ४ गते तराईका जिल्लामा रङको पर्व होली  हर्षोल्लासका साथ मनाईएको हो । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने चलन छ।
बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।
फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ज्यापु समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा सर्वसाधारणलाई होलीको टिका लगाएर होली पर्व मनाएका छन् । बाँकी फोटोमा :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी