×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यहि बैसाखमा लेखाव्यवसायीको राष्ट्रिय सम्मेलन गर्दैछौं’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘यहि बैसाखमा लेखाव्यवसायीको राष्ट्रिय सम्मेलन गर्दैछौं’

Artha Sarokar

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले यहि बैसाखमा लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आइक्यानको २५औँ बर्षगाँठको अवसरमा संस्थाले यस्तो सम्मेलनको आयोजना गर्न लागेको हो । सो सम्मेलनमा देशभरका लेखाव्यवसायीहरु एक ठाउँमा सहभागी हुनेछन् भने सो सम्मेलनमा आइक्यानका सरोकारवालाहरुसँग पनि विशेष बहस हुनेछ ।

‘अहिले कार्यक्रमको खाकाबारे तयारी गरिरहेका छौं । सम्भवत यहि बैसाखमै गर्नेगरी कार्यक्रमको तयारी भईरहेको छ । आइक्यानको २५ औँ बर्षगाँठको अवसरमा आइक्यानले गर्ने यो सबैभन्दा ठुलो सम्मेलन हुनेछ । यो कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउनका लागि के कसो गर्न सकिन्छ भन्ने विषयमा हामी तयारीमा जुटिसकेका छौं ।’आइक्यान अध्यक्ष सिए युद्धराज ओलीले भने- ‘कार्यक्रम अहिलेसम्मकै ऐतिहासिक बनाउनेगरी काम सुरु भईसकेको छ । सो सम्मेलनले सिए तथा आरएहरुलाई एक ठाउँ ल्याउनेमात्र काम गर्ने छैन, बरु देशभरका सरोकारवालाहरुलाई आइक्यान, सिए, आर र हाम्रो भूमिकाबारे बुझाउनेछ ।

आइक्यानले २५ औँ बर्षगांठको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । यसअघि कोरोना महामारीका कारण रोकिएका कामहरु पनि कोरोना महामारी कम भएसँगै आइक्यान सक्रिय भएर गरिरहेको छ । यसैबीच आइक्यानले कोरोनाका कारण रोकिएको कन्भोकेसनदेखि अन्य कार्यक्रमहरु पनि छिट्टै आयोजना गर्ने तयारी गरेको छ । साथै आइक्यानले विभिन्न प्रादेशिक स्तरमा पनि कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी