काठमाडौँ । कोभिड महामारी कम भएपछी नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) सार्वजनिक कार्यक्रममा सक्रिय भएको छ । कोभिड महामारीका कारण २५औँ एनिभर्सरीको अवसरमा आयोजना हुने भनिएका पूर्व निर्धारित कार्यक्रमहरु प्रभावित भएपछि महामारी कम भएसँगै आइक्यान पुनस् सक्रिय भएको हो ।
यसैबीच आइक्यानले ठाउँठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । संस्थाको भूमिका तथा गतिविधिबारे संस्थाले देशभर विभिन्न खालका अन्तरक्रियाहरु गरिरहेको छ भने प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका आयामहरुबारे दुई ठाउँमा कार्यशाला गोष्ठीसमेत सम्पन्न गरेको छ । स्थानीय तहमा देखिएका विभिन्नखाले वित्तीय व्यवस्थापनका चुनौती र त्यसमा समाधानका विषयमा आइक्यानको आयोजनामा पोखरा र बिराटनगरमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै आइक्यानले २५ औँ बर्षको अवसरमा यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि आयोजना गर्ने भएको छ । ‘छिट्टै अन्य ठाउँमा पनि यो खाले कार्यक्रम पनि गर्दैछौँ । हाम्रो रजतोत्सवको अवसरमा अन्य कार्यक्रमहरु पनि संचालनको तयारीमा छौं । ‘आइक्यान अध्यक्ष सिए युद्धराज ओलीले भने- ‘कोरोना महामारीका कारण भनेको जसरी, भनेको समयमा कार्यक्रमहरु गर्न नपाएपनि हामी पुनस् सक्रिय भएका छौँ ।’
यस्तै आइक्यान अध्यक्ष ओलीका अनुसार २५ औँ बर्षगाँठको अवसरमा आइक्यानले यसपटकको ‘कन्भोकेसनु पनि भव्य रुपमा मनाउने भएको छ । कोरोना महामारीकै कारण केहि समय अगाडी गर्ने भनिएको आइक्यानको कन्भोकेसन रोकिएको थियो । त्यस्तै लेखाव्यवसायीहरुको सम्मेलन, विभिन्न सरोकारवालाहरुकोसँगको अन्तरक्रिया लगायतका कामको तयारीमा पनि आइक्यान सक्रिय भएर लागेको देखिएको छ । आइक्यानले यसपटक २५औँ एनिभर्सरी मनाउँदैछ । संस्थाको रजत उत्सव बर्ष भएकाले पनि आइक्यानले यो बर्षलाई विशेष कार्यक्रम गरी मनाउँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्