काठमाडौँ । नेपाली लेखाव्यवसायीहरुको एकमात्र नियमनकारी निकाय भएर पनि विभिन्न तह र तप्काले आइक्यानको खास भूमिकाबारे थाहा नपाउँदा देशका विभिन्न व्यक्ति, संस्था, तह र तप्कामा रहेकाहरुलाई विभिन्नखाले भ्रम पर्न थालेपछि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था आफ्ना गतिविभी र भूमिकाबारे विभिन्न तह र तप्काका व्यक्ति तथा संस्थाहरुलाई बुझाउन सक्रिय भएको छ । अझ त्यसमा पनि पछिल्लो समय विभिन्न संस्थाहरुले आइक्यानको क्षेत्राधिकारको समेत दुरुपयोग गरेको चर्चा चलिरहेका बेला आइक्यानले लेखा व्यवसायीहरुको नियमन गर्ने काम आफ्नो भएको बुझाउन विभिन्न कार्यक्रमको योजना गरेको हो ।
यसै बीच आइक्यानले प्रदेश नम्बर १ को अस्थायी राजधानी बिराटनगरमा सनास्थाको भूमिका तथा गतिविधिहरु विषयक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा आइक्यानले आइक्यान के हो रु यसले के गर्छ रु लेखा व्यवसायीहरुलाई नियमन गर्ने काममा यसले के के काम गरिरहेको छ रु यसका अधिकारहरु के के हुन् रु आइक्यानले आफ्ना सदस्यहरुलाई कस्तो कस्तो कारवाही गर्न सक्छ रु आइक्यानले विद्यार्थी तथा सदस्यहरुका लागि के के गर्छ रु लगायतका विविध विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो । सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा सरोकारवाला सहभागीहरुले सोधेको प्रश्नमा आइक्यानका अध्यक्ष, आइक्यानका कार्यकारी निर्देशक लगायतले आफ्नो भनाई राखेका थिए भने कार्यक्रममा आइक्यानका उपाध्यक्ष, अडिटर्स एसोसिएसनका अध्यक्ष, आइक्यानको प्रदेश नम्बर १ का कर्मचारीहरु, विभिन्न नियमनकारी निकायका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधिहरु तथा स्थानीय संचारकर्मीहरुको समेत उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा उपस्थितहरुले आइक्यानको भूमिका र आइक्यानको गतिविधिकाबारे प्रश्न गरेका थिए भने पछिल्लो समय अडिटरहरु विभिन्न प्रकरणमा मुछिनुको कारण र यसमा आइक्यानको भूमिका के हो भन्ने विषयमा पनि प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्नमा आइक्यानका कार्यकारी निर्देशक संजय सिन्हा र आइक्यानका अध्यक्ष युद्धराज ओलीलगायतले प्रकाश पारेका थिए ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्