Skip to content
LAXMI SUNRISE BANK

सरोकारवालाहरुसँगको अन्तरक्रियामा आइक्यानका कार्यकारी निर्देशकले भने-‘लेखापरिक्षकलाई कारवाही गर्ने हामीले हो, हाम्रो भूमिका नबुझ्दा समस्या भयो’

अर्थ सरोकार

बिराटनगर । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले लेखापरीक्षण सम्बन्धि नियमनकारी निकाय भएका कारण आफ्ना सिए तथा आरए सदस्यहरुलाई कारवाही गर्ने अधिकार आइक्यानको भएको दोहोर्याएको छ । पछिल्लो समय अन्य निकायहरु आइक्यानको क्षेत्राधिकारसमेत मिचेर लेखापरिक्षकहरुलाई कारवाही गर्नेगरी प्रक्रिया अगाडी बढाएकोमा आपत्ति जनाउंदै संस्थाका कार्यकारी निर्देशक संजय कुमार सिन्हाले पछिल्लो समय देखिएका घटनाक्रममा आइक्यानको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सिए तथा आरएहरुलाई कारवाही गर्ने एक मात्र निकाय आइक्यान भएको दोहोर्याएका हुन् ।

उनले लेखापरीक्षण गरेकै कारण कुनै पनि आरए तथा सिएहरुलाई अन्य निकायले कारवाही गर्न खोज्नु वा सोहि प्रकृतिको प्रक्रिया अगाडी बढाउनु दुखदमात्र नभई आपत्तिजनकसमेत रहेको बताउँदै त्यसको छानविनका लागि लागि आइक्यानमा छुट्टै अनुशासन समिति रहेको र आइक्यानले सोहि अनुसाशन समितिको सिफारिसमा कारवाही गर्ने हुनाले आफ्नो सो क्षेत्राधिकारमाथि धावा कसैले बोल्न नहुनेतर्फ पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् ।

‘सबैले बुझ्नुपर्ने विषय के छ भने, लेखापरिक्षकहरुलाई कारवाही गर्ने एकमात्र निकाय हामी (आइक्यान) हो । लेखापरीक्षण गर्दा हाम्रा सदस्यले अनुशासन, नीति, परिधिहरुको पालना गरेका छन् कि छैनन् भन्ने हेर्ने र नगरेको भए उनीहरुलाई प्रचलित कानुन अनुसार कारवाही गर्ने काम पनि हाम्रो हो । यस विषयमा सबैजना सचेत हुन जरुरी छ। ‘आइक्यानको भूमिका र गतिविधिबारे सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक सिन्हाले भने, ‘पछिल्लो समय केहि निकायले आइक्यानको क्षेत्राधिकार मिचेको चर्चा चलिरहेका बेला यो हाम्रो गम्भीर ध्यानाकर्षणको विषय भएको छ । म फेरी पनि दोहोर्याउन चाहान्छु, लेखापरीक्षणमा कैफियत देखिएकै कारण सिए तथा आरएलाई कारवाही गर्ने आइक्यानले हो, अन्य निकायले होइन।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK