काठमाडौँ । नेपालमा तेस्रो क्रेडिट रेटिङ्ग कम्पनी संचालनमा आएको छ । नेपाल धितोपत्र बोर्डले इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाललाई अनुमतिपत्र प्रदान गरेको हो । यो सँगै नेपालमा रेटिङ्ग एजेन्सीको संख्या ३ वटा पुगेको छ ।
भारतको प्रतिष्ठित रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि. को सहायक कम्पनीका रुपमा स्थापित उक्त कम्पनीको कुल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीको ५१ प्रतिशत सेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि.को रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ ।
राष्ट्र बैंकले ५० करोड भन्दा बढीको ऋणको लागिसमेत रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेसँगै नेपालमा थप नयाँ रेटिङ्ग कम्पनीको आवश्यकता महशुस गरिएको थियो । उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रबिन पुडासैनी रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्